काठमाडौं : निखिल उप्रेती निर्देशित सिनेमा ‘आचार्य’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो।
टिजरमा निखिलको एक्सन अवतारलाई प्राथमिकता दिइएको छ। उनी यही सिनेमामार्फत एक दशकपछि पर्दामा फर्किँदैछन्। ‘आचार्य’ निखिल निर्देशित दोस्रो सिनेमा हो। यसअघि उनले ‘भैरव’ निर्देशन गरेका थिए।
असोज ९ गतेदेखि प्रदर्शनमा आउने सिनेमामा निखिलसँगै पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया र भारतीय कलाकार दीपराज राणालगायतको अभिनय छ। कृष्ण भट्टराई निर्माता रहेको सिनेमा निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको हो।



















