Sur Cinema

आवश्यकता परे जहाँ पनि आउन तयार छु : राजेश हमाल

काठमाडौं : नेपाल चलचित्र निर्देशक समाजको १६ औँ वार्षिक साधारण सभा भव्यरुपमा सम्पन्न भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक समाजले वार्षिक साधारण सभाको अवसर पारेर विभिन्न सिनेकर्मीलाई समेत सम्मान गरेको छ ।

कार्यक्रममा गीतकार तथा निर्देशक यादव खरेललाई ‘दीर्घ साधना सम्मान २०८०’ बाट सम्मान गरिएको थियो भने नेपालको पहिलो रंगीन सिनेमा ‘कुमारी’का निर्देशक प्रेमबहादुर बस्न्यातलाई ‘हिरासिंह खत्री स्मृति सम्मान २०८०’ बाट सम्मान दिइयो । त्यसैगरी समाजले निर्देशक आकाश अधिकारी, दिनेश डिसी र सम्झना उप्रेती रौनियारलाई ‘स्रष्टा सर्जक सम्मान २०८०’बाट सम्मान गरेको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बरिष्ठ लेखक, निर्देशक तथा कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकारिता र सिने कर्मका वर्तमान अप्ठ्याराहरुका बारेमा सम्बोधन गरेका थिए । आफ्ना लागि मात्र सोच्ने तर संस्थाका लागि सहयोग नगर्ने धेरै कलाकर्मीहरुको प्रवृती गलत रहेको बताए । “आफुलाइ पर्दा संघ चाहिन्छ तर संघलाई पर्दा सहयोग नगर्ने गलत प्रवृतिले गर्दा सबै जना पछि परिरहेका छौ । सिनेक्षेत्रको जुन सुकै समस्यामा पनि आफुलाइ अलग राख्नुले हामिलाइ सहि गन्तब्यमा पुर्याउदैन । सबैले हाते मालो गरेर अगाडि बड्दा चुनौतिहरुलाइ सजिलै पराजित गर्न सकिन्छ” उनले भने ।

त्यस्तै प्रमुख अतिथी रहेका महानायक राजेस हमालले नंया मोड नंया कुरा आउदै गर्दा राम्रो राम्रो कामहरु भैरहेको छ भन्दौ नंया सोचहरु आइरहेको बताए। “नया प्रबिधिलाइ प्रयोग गरेर सिनेमा बनिरहेका छन्। नंया पुस्ताहरु अहोरात्र लागि रहनु भएको छ, यो हामी सबैका लागि राम्रो हो ।”
उनले एउटा प्रसङ्गमा भने “अर्को पाटो बाट हेर्दा खेरी चुनौती त जहाँ पनि जहिले पनि हुन्छ । यसो भयो भन्दैमा हातमा हात बाधेर बस्नु ठिक हैन यो क्षेत्रको भलो चाहने र यसै क्षेत्रलाइ सबथोक मान्नेले एक अर्काको अस्तित्व स्विकार गर्दै हातेमालो गरेर अगाडि बढ्यो भने उत्तम हुन्छ।”

“हालका चुनौती लाई समाधान गर्यो भन्दैमा भविष्यमा अर्को चुनौती आउदैन भन्ने हुन्न । यदि हामी सबैको चासोको चुनौती हो भने हामी सबै मिलेर समाधान गर्नु पर्छ।” एक अर्को प्रसङ्गमा हमालले भने : म त खुल्ला बिचारको छु । यदि सिनेक्षेत्रमा समस्या छ र मेरो आवश्यकता पर्छ भने म जुनसुकै समयमा यस क्षेत्रसङ्ग आवद्ध संघ सस्था सङ्ग हातेमालो गर्न तयार छु । तर हामी कोण कोण मा बिभाजित भयौ भने त्यो राम्रो हैन । एक सोच लिएर एक ढिक्का भएर अगाडि बढ्न आवश्यक छ । आफ्नो मतलब र विशेषता लागि मात्र लाग्यौ भने त्यो गलत हुन्छ । भविष्यमा आउने चुनौतीका लागि आज देखि समाधानको नजिर बसाउन आवश्यक छ । आजको समस्या भनेको उमेर पुगेको ब्यक्तीको मात्र हैन, आजका मितिमा जो सक्रिय छ उहाँको पनि हो , त्यसैले यहि क्षेत्रका ब्यक्ती मिलेर एक जुट भएर लाग्यौ भने त्यो राम्रो हो । म त सधै एकल सोच राखेर हिड्ने ब्यक्ती हो । जो एकल सोच राखेर हिड्छ उ जहाँ पनि मिलिहाल्छ ।

त्यसैगरी संम्बोधन गर्ने क्रममा बरिष्ठ निर्देशक तथा चलचित्र बिकाश बोर्डका पुर्व अध्यक्ष दयाराम दाहालले भने : निर्माण , प्रदर्शन र बितरणको ऐन ब्यबस्थित छैन् । पछिल्लो पटक हामिले तयार गरेको नयाँ ऐनले धेरै कुरालाइ ब्यबस्थित गरेको छ । यदि त्यो ऐनलाइ हामिले लागू गराउन सक्यौ भने सिनेमा क्षेत्रको भविष्य राम्रो देखेका छौ । यसका लागी हामीले पटक पटक लडाइ गरिरहनु पर्ने छैन् । त्यो ऐनलाइ नेपाल सरकारले पनि सैद्धान्तिक सहमती दिइ सकेको अवस्था हो । तर प्रमुख चुनौती भनेको बैधानिक हिसावमा यसको कार्यान्वयन नै हो । यसका लागि आफ्नो पैतिस वर्षे योगदान दिई सक्नु भएका राजेस हमालले यो लडाइको नेतृत्व गर्दिनु भयो भने हामी सबैलाइ राम्रो हुन्छ । सिने यात्राका क्रममा तपाईंले सिनेमा क्षेत्रमा जे दिनु भएको छ र जे पाउनु भएको छ त्यसका खातिर पनि यो मुद्दालाइ सहि हिसाब ले डोर्याउने जिम्मा तपाइको पनि हो ।

अर्को प्रसङ्गमा दाहालले भने : हामी विभिन्न संघ संस्थाको काम भनेको पदमा बस्ने, मन्चमा गएर खादा ओड्ने भाषण गर्ने भन्दा अरु केही हैन् भन्ने भाष्य सृजना गरिदैछ । विभिन्न संघमा नेतृत्व गर्ने सबैले आ-आफ्नो ठाउँबाट होस या एकै ठाउँमा आएर होस अप्ठ्यारा परिस्थितिको सामना गर्न सक्नुपर्छ । यदि सबै संघले आफ्नो ठाउँबाट संघलाई बलियो नबनाउने हो भने भोलिको दिनमा यस क्षेत्रको अस्तित्व बाँकी रहदैन । जस्को ईतिहास छैन, त्यस्को भविष्य कदापी रहदैन् । त्यसैले यी हाम्रा संस्थालाई मजबुद बनाउनै पर्छ र अलग अलग भएर हैन् एक भएर अगाडि बढ्यो भने पुराना र भविष्यमा आउदै गरेका पुस्ताको पनि आशीर्वाद लाग्छ त्यस्का लागि सबैले होस्टेमा हैसे गरौ । हामी यसै पनि निरीह उद्योग भित्रका मुर्धन्य ब्यक्ती कहलिएका छौ । हामीले ब्यक्ति विशेषलाई मात्र हेर्न थाल्यौ र हाम्रो जगलाई बिर्सिएउ भने पनि त्यो गलत हुनेछ । नंया पुस्ताले पनि, ईतिहास र पुराना पुस्तालाइ सम्मान गर्दै अगाडि बढ्यौ भने राम्रो हुन्छ।”

उक्त बार्षिक साधारण सभामा वर्षका उत्कृष्ट निर्देशक ( २०७९) सुजित बिडारी ( निर्देशक: ऐना झ्यालको पुतली ) र रामबाबु गुरुङ्ग ( निर्देशक: कबड्डि ४) लाई क्रमस: कृटिक्स सम्मान र सर्वाधिक ब्यबसायिक चलचित्र सम्मान २०८० ले सम्मान गरिएको थियो ।