काठमाडौं : सिनेमा ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ। कृषा चौलागाईंको निर्देशनमा निर्माण हुन लागेको सिनेमाको नवलपरासीबाट छायांकन आरम्भ गरिएको हो।
शुक्रबार अभिनेत्री सुरक्षा पन्तको केही दृश्य कैद गर्दै छायांकन आरम्भ गरिएको सिनेमाको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। सिनेमामा मुख्य कलाकारको रुपमा सुरक्षाका अलावा अभिनेता प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, दिव्य देव, प्रमोद अग्रहरी लगायतका स्टारहरु रहेका छन्।
सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्दैछन्। केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमामा विशाल चौलागाईंको लगानी रहेको छ।















