Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मनाङ्गको रमणिय स्थानमा रोमान्स गर्दै प्रभात र प्रनिमा

काठमाडौं : गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको आवाजमा गीत ‘जीत मान्दीन’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द, संगीत, एरेन्ज रहेको जीत मान्दीनमा विशाल निरौलाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

मोडलद्धय प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको भिडियोमा प्रेम र रोमान्सलाई देखाइएको छ । मनाङ्गको रमणिय स्थानमा छायांकन गरिएको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् । राकेश दाहालले सम्पादन गरेको भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन् ।

डिसी अधिकारी प्रस्तुतमा निर्माण भएको भिडियो बिहिवार प्रनिमा दाहाल अफिसियल च्यानलबाट सार्वजनिक गरेको छ ।