Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पाँच वर्ष पछि ठूलो पर्दामा नाजिर

काठमाडौं : अभिनेता नाजिर हुसेन आधा दशक पछि ठूलो पर्दामा फर्किदै छन् । अन्तिम पटक सन २०१९ मा ‘वीर बिक्रम २’मा अभिनय गरेका उनी ‘अन्ब्रेकेबल अगस्त्य च्याप्टर वान’ मार्फत ठूलो पर्दामा देखिन लागेका हुन् ।

‘पुन्टे परेड’ सिनेमामा छोटो रोल गर्दै सिनेजगत प्रवेश गरेका उनले छोटो समयमा लामै फड्को मारिसकेका छन् । अझ पाँच वर्षको समयमा उनले मारेको फड्को प्रसंसालायक छ । उनले पाँच वर्षको अवधिमा दुई सिनेमामा काम गरे । एक ‘गुन्यु चोलो’ र अर्को ‘अगस्त्य’ ।

अगस्त्य यही फागुन १८ गतेबाट हलमा लाग्दै छ । जसमा उनका भिन्न पाँच लुक्स रहेको पोस्टर सार्वजनिक भैसकेको छ । ट्रेलर र टिजरमा पनि उनको काम गज्जब देखिएको छ । अब उनको मेहनतको रिजल्ट हेर्न दर्शकले सिनेमा रिलिजको समय कुरिरहेका छन् ।

अर्को सिनेमा ‘गुन्यु चोली’मा उनले ट्रान्स उमनको भुमिका निभाएका छन् । सिनेमाको पोस्टर सार्वजनिक भए संगै उनको भुमिका र मेहनतलाई लिएर खुब चर्चा भैरहेको थियो । प्रचार सामाग्रीमा अब्बल काम देखिएको नाजिरको आगामी यात्रा कस्तो हुन्छ भन्ने निर्धारण अब यी दुई सिनेमाले गर्ने देखिएको छ ।