काठमाडौं : प्रतिक्षित सिनेमा ‘द अनब्रेकेएबल अगस्त्य :च्याप्टर वान’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाका सार्वजनिक सामाग्री प्रति दर्शकले राम्रो प्रतिक्रिया दिइरहेको सिनेमाको ट्रेलरले दर्शकमा अझ कौतुहलता जगाएको छ ।
ट्रेलर हेर्दा सिनेमामा मित्रता र प्रेमका उतार चडावको कथा रहेको अनुमान गर्न सकिन्छ । सौगात मल्ल मुख्य भुमिकामा रहेको सिनेमाको ट्रेलरमा पनि सौगातकै दृश्यलाई हावी गराईएको छ । उनी सङ्गै ट्रेलरमा उनको प्रेमिका बनेकी मलिका महत, साथी बनेका नाजिर हुसेन र बाबाजी जस्तो लाग्ने प्रमोद अग्रहरीलाई समेटिएको छ ।
अन्त्यमा निश्चल बस्नेतको पनि इन्ट्री गराएर सिनेमालाई अझ प्रतिक्षित बनाउने प्रयास गरिएको छ । दृश्यमा सौगात हावी भए पनि ट्रेलर भर टिजरमा पनि प्रमोदको डाइलगलाई खास तवरमा प्रस्तुत गरिएको छ । समग्रमा ट्रेलर हेरेर सिनेमा हेर्ने निर्णय गर्ने दर्शकका लागि यो ट्रेलरले “ग्रिन सिग्नल” दिएको छ ।
प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको सिनेमाको लेखन तथा निर्देशन सौरभ चौधरीको रहेको छ । यही फागुन १८ गते बाट हलमा लाग्ने सिनेमा नेपाल तथा भारतका केही स्थानमा छायांकन गरिएको हो ।















