काठमाडौं : फागुन ४ गते प्रदर्शनमा आउने सिनेमा ‘जिग्री’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । सिनेमाको यस अघि रिलिज गरिएको पोस्टर र टिजरले दर्शकको मन जित्न गर्न सफल भईसकेको छ ।
चलचित्र `जिग्री´मा कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको छ । सिनेमालाई आकाश मगरले निर्देशन गरेका हुन् । सिनेमामा अभय राज बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।
सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको सिनेमाका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । सिनेमामा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । सिनेमाको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।















