Sur Cinema

सिनेमा ‘नमेटिने घाउ’को औपचारिक घोषणा

काठमाडौं : आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच एसिड आक्रमण घटनाको कथामा निर्माण हुने सिनेमा ‘नमेटिने घाउ’को औपचारिक घोषणा गरिएको छ ।

सिनेमाको निर्माण घोषणा कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए भने यो सिनेमामा ओलीले प्रधानमन्त्रीको भूमिकामा अतिथि कलाकारको रुपमा अभिनय गर्न लागेको जानकारी समेत दिइएको छ ।

यो सिनेमा रमितको डेब्यु निर्देशकीय सिनेमा हो । सिनेमामा रमित पनि केमियो रोलमा देखिने भएका छन् । सिनेमाको औपचारिक घोषणा कार्यक्रममा तेजाब आक्रमणको घटनाका केही पीडित पनि उपस्थित थिए । उनीहरुले आक्रमणका दोषीलाई हदैसम्मको सजाय हुनुपर्ने प्रावधान कानुनमा राख्नुपर्ने माग गरेका थिए ।

माघ २५ गतेदेखि छायांकनमा जाने तयारी रहेको सिनेमामा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, रचना गौतम, सिम्रन खड्का, प्रभात पाल ठकुरी, सुप्रज्ञा शर्माले समेत अभिनय रहने छ । सिनेमाको एसिड आक्रमणका घटना भएका ठाउँहरु पोखरा, वीरगञ्ज, रौतहटको चन्द्रपुर, भक्तपुर, बनेपा, नवलपुर र पनौतीमा छायांकन हुने भएको छ । रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको स्कृप्ट लेखक शिवम् अधिकारीले साढे दुई वर्ष लगाएर लेखेका हुन् ।