Sur Cinema

सेलिब्रेटीहरुको ब्यक्तिगत जीवन जोडेर सामाजिक सन्जालमा आलोचित बनाइदै

काठमाडौं : मानव जिवनमा सुख दुख हासो रोदन मिलन बिछोड एक पछि अर्को गर्दै आईरहन्छ । यसलाई सामान्य रुपमा लिन सक्ने हो भने खुसी खुसी जीवन बित्छ । तर यही कुरामा अडिने हो भने जीवन नर्क पनि बन्न सक्छ । यी सबै घटना सबैको जिवनमा हुन्छ । तर खास चर्चा भने सेलिब्रेटीको हुन्छ ।

अहिले सामाजिक संजालको बड्दो प्रयोगले त झन ब्यक्तिगत घटना ब्यक्तिगत रहनै पाउदैनन् । कस्को को संग माया बस्यो कस्को छुट्यो देखि विवाह र डिभोर्स सम्मका घटना सामाजिक सन्जाल र सन्चार माध्यममा छताछुल्ल हुन्छन् ।

‘धोकेबाज’ गायिकालाई धोका भन्दै अहिले गायिका एलिना चौहानको प्रेम बिछोडको घटना चर्चामा ल्याईएको छ । करिव एक बर्ष अघि अन्कुराएको प्रेमको टुसा पात नपलाउदै सुकेर गएको छ । बिष्णु सापकोटासंग उनको सम्बन्ध टुटेको हो । उक्त खबरमा मसला हालेर समाचार बनाउने प्रती उनी रुस्ट पनि देखिएकी छन् । लामै पोस्ट गरेर आफुलाई चित्त नबुझेको बताएकी छन् । तर प्रेमको चर्चा हुँदै गर्दा प्रेममा प्रेमको स्विकारोक्ती उनी स्वयमले गरेकी थिइनन् ।

यतिमा रोकिएन उनीहरुको प्रेम सामाजिक सन्जालमा छताछुल्ल भयो । लाइभ एकसाथ आउने देखि एक साथ गीत गाउने गरियो । तस्विर त कति आए कति । तर अहिले भने सम्बन्ध अन्त्य भएको छ र उनलाई आफ्नो गीत अनुसारको जीवन भएको भन्दै मजाक बनाइदै छ । कतिपयले त धोकेवाज दुई नै ल्याउन पर्ने सम्म माग गरेका छन् । उनी माथी पचाउनै नसक्ने गाली पनि गरिरहेका छन् कोही सन्जाल प्रयोगकर्ता त ।

त्यस्तै सौगात मल्ल अभिनित सिनेमा ‘हात्तीछाप’ प्रदर्शन सङ्हारमा छ । अर्का नायक दयाहाङ राई अमेरिका हुनुले पनि प्रमोसनको प्रेसर सौगात माथी छ । यस्तोमा सौगातको रोल सिनेमाको अनुभव भन्दा पनि चर्चा उनको सम्बन्ध अन्त्यको छ । हरेक जसो अन्तर्वार्तामा उनलाई सिनेमाका प्रश्न कम र सम्बन्ध अन्त्यका प्रश्न ज्यादा सोधिन्छ । कतिपय प्रश्नको जवाफमा त उनी भावुक समेत बन्छन । आँखा आसुले भरिन्छन् ।

प्रेममा हुदा सृष्टि श्रेष्ठ र सौगात उदार थिए । उनीहरुको प्रेम देखि एक साथको बसाई सम्म छुपेको थिएन । तर सम्बन्ध अन्त्य पश्चात् भने यी दुबैलाई दुखी बनाउने प्रश्नले पिछा छोड्ने नाम लिएकै छैनन । सहमतिमा सम्बन्ध अन्त्य भएको देखि दुबैजना आफ्नै काममा ब्यस्त हुदा पनि घुमाई फिराई यस्ता प्रश्न सोधिन्छ र दुखी बनाइन्छ । लाग्छ सिनेमाका बारे कसैलाई चासो नै छैन् ।

नायिका रेखा थापा हाल अमेरिकामा छिन् । उनको सिनेमा र ब्यक्तित्वका धेरै फ्यान छन् । तर अहिले आएर उनी माथी पनि साईबर बुलिग सुरु भएको छ । अमेरिकाका नागरिक बलराम शाही सङ्ग विवाह गरेकी उनले सन्तान पनि अमेरिका मै जन्माउने तयारी थालेर उतालागेकी हुन् । साथै उनको सिनेमा ‘उपहार’ पनि प्रदर्शन सङ्हारमा छ । तर अहिले ‘उपहार’का खबर भन्दा उनको सन्तान कता जन्मेला भन्ने खबर हिट छन् । हुन त विवाह ताका र चुनाव ताका उनले बोलेका बोली नै उनलाई अहिले भारी पर्न थालेका हुन् ।

माथी उल्लेखित सेलिब्रेटीहरुको भएको पनि केही होइन् । एक आम नागरिकको जिवनमा पनि उनीहरु संग घटेका जस्ता घटना घट्छन् । तर फरक यति हो कि सबैको उनीहरुको झै गरि चर्चा हुदैन । चासोको बिषय रहदैन । यसो भन्दै गर्दा सेलिब्रेटीले आफ्नो काम र ब्यक्तिगत जिवनलाई भने थोरै दुरी बनाएर राख्न पर्ने देखियो । होइन भने कुनै न कुनै दिन ‘कसलाई सिकार बनाउ’ भनेर बसेका सन्जाल प्रयोगकर्ताको प्रहारमा पर्ने पक्का पक्की देखिन्छ ।