Sur Cinema

‘हात्तीछाप’ ट्रेलर : प्रेम, द्वन्द र कमेडीको समिश्रण

काठमाडौं : सेविता अधिकारी निर्देशित सिनेमा ‘हात्तीछाप’को ट्रेलर रिलिज गरिएको छ। बुधबार निर्माण टिमले ३ मिनेट ४ सेकेन्डको ट्रेलर युट्युबमा रिलिज गरेको हो।

ट्रेलरमा सिनेमाका प्रायः मुख्य कलाकारहरुलाई देखाइएको छ। ट्रेलरले प्रेम, द्वन्द र कमेडीको मीठो स्वाद दिएको छ। दयाहाङ राई, उपासना सिङ ठकुरी, सौगात मल्ल, बुद्धि तामाङ, विल्सन बिक्रम राई, बेनिशा हमाल लगायतका कलाकारहरुलाई ट्रेलरमा देख्न सकिन्छ।

ट्रेलरले दर्शकलाई पूरा सिनेमाको प्रतीक्षा गर्न प्रेरित गरेको छ। यो सिनेमा आगामी माघ २६ गतेदेखि हलहरुमा प्रदर्शन हुँदैछ। सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन्।

प्रदीप भारद्वाजको कथा रहेको सिनेमामा सुसान प्रजापतिले खिचेका हुन्। रेडबर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। सामाजिक कमेडी ड्रामामा आधारित सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणि नेपाल, विल्सन बिक्रम राई लगायतका चर्चित कलाकारहरुको सिनेमामा अभिनय रहेको छ।