काठमाडौं : सामाजिक र पारिवारिक कथामा बन्ने सिनेमा ‘झिल्को’ को शुभ मुहुर्त गरिएको छ । गौशाला स्थित गुहेस्वरी मन्दिरमा पुजा गर्दै सिनेमाको मुहुर्त गरिएको हो ।
करिव एक दशक अघि सिनेमा ‘झोला’ निर्देशन गरेर तारिफ पाएका निर्देशक यादव कुमार भट्टराई आफुले तेस्रो सिनेमाको निर्देशन गर्दै गर्दा बल्ल यसरि मुहुर्त गर्ने अवसर जुरेको बताए।

मिडिया फर कल्चरको ब्यानरमा निर्माण हुने सिनेमामा वर्षा शिवाकोटी, सुनिल पोखरेल,विशाल पोखरेल, भोलाराज सापकोटा र बाल कलाकार आयुषी ढकालको प्रमुख भुमिका रहनेछ। सिनेमा यहि महिनाबाट छायाँकन प्रारम्भ हुने जानकारी दिईएको छ ।


सिनेमामा यादवसँगै अरुणदेव जोशी र कवि देवव्रतको संवाद तथा पटकथा रहेको छ। सिनेमालाई सिनेमाटोग्राफर दीपक बज्राचार्यले खिच्ने छन् भने सिनेमामा आनन्द अधिकारीको गीत,चण्डी प्रसाद काफ्लेको संगीत र नागेन्द्र घिमिरेको प्रोडक्सन डिजाइन रहनेछ।


















