Sur Cinema

सिनेमा ‘एक मुठ्ठी बादल’ : पुस्तौंदेखि चलिरहेको त्याग र बलिदान

काठमाडौं : सिनेमा ‘एक मुठ्ठी बादल’ बन्ने भएको छ । फेमिली ड्रामा जनरामा बन्ने सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । सिनेमामा नायिका आँचल शर्मा मुख्य भुमिकामा छिन् ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा पोस्टर सेयर गर्दै लेखेकी छिन् , “पुस्तौंदेखि चलिरहेको त्याग र बलिदानको परम्परामा के उनले कहिल्यै आफ्नो आकाशको अंश दाबी गर्न पाउलिन् ? ‘एक मुठ्ठी बादल’ आमा छोरीहरु बीचको अनौठो सम्बन्धको श्रुति मधुर संगीत हो । अराजकतालाई अँगाल्ने, अपूर्णतामा उत्सव मनाउने र सामान्यलाई असामान्य बनाउने नेपाली नारीका गाथा आउनुस् फेरि नयाँ धूनमा सुनौं ।”

फागुन देखी फ्लोरमा जाने सिनेमामा आँचल सङ्गै सहयोग अधिकारीको मुख्य भुमिका रहनेछ । अभिमन्यु दीक्षित, अनुप पौडेल र समीक्षक सामिप्यराज तिमल्सेनाको प्रस्तुतीमा निर्माण हुने सिनेमाको लेखन निर्देशक शर्मा स्वयंमको रहनेछ । गौंथली इन्टरटेनमेन्ट र अन्डरग्राउण्ड टकिजले निर्माण सहकार्य गर्नेछन् ।