काठमाडौं : राजु गिरीको निर्देशन तथा लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने सिनेमा ‘ईश्वर’को मुख्य भुमिकामा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित भएका छन् ।
सिनेमा माघ अन्तिम साता बाट फ्लोरमा जाँदैछ । सिनेमामा यसअघि नै कलाकारको रुपमा शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीअनुबन्धित भैसकेको छ । केही दिन अगाडि घोषणा भएको सिनेमाको अहिले कलाकार छनोटक्रम भइरहेको छ ।
दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा एवंम् संवाद भोजराज देवकोटाले तयार गरेका छन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने सिनेमामा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।


















