Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’: चौतर्फी चर्चासहित युट्युब ट्रेन्डिङ्गमा

काठमाडौं : लोकप्रिय गायक प्रकाश सपुतको नयाँ गीत यतिबेला बजारमा छ। सोमबार प्रकाशले आफ्नै युट्युव च्यानलबाट ‘मुटु कटक्कै’ बोलको गीत रिलिज गरेका हुन्। गीत यतिबेला चर्चामा छ।

रिलिज भएको २४ घण्टा पनि नहुँदै युट्युबको ट्रेन्डिङमा समेत पर्न सफल भएको छ। हाल यो समाचार तयार पार्दासम्म गीत युट्युवको ट्रेन्डिङ ३ मा पर्न सफल भएको छ। त्यस्तै, भ्युजको कुरा गर्नुपर्दा ६ लाख बढी गीतले युट्युबमा पाएको छ। टिकटक तिर पनि गीतका विभिन्न साउण्ड क्लिप्समा हजारौं भिडियोहरु बनिसकेका छन्।

गीतमा प्रकाश सपूत, कुशल बेलबासे र प्रताप दासको आवाज रहेको छ। गीतको शब्द अनि संगीत पनि प्रकाशकै रहेको छ। गीतको म्युजिक अरेन्जेमेन्ट चाहिँ सुदीप सागरले गरेका हुन्।

गीतको भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा बेग्लै खालको कथा उठाउनु प्रकाशको विशेषता नै हो। त्यसैले पनि ‘मुटु कटक्कै’ गीतको भिडियोमा फरक कथा उतारेका छन् उनले। प्रेममा असफल भएपछि पुरुषहरुको रुने ठाउँ नभएको कुरालाई भिडियोमा कलात्मक तरिकाले देखाएका छन्।

भिडियोमा प्रकाश स्वयं फिचर्ड छन्। प्रकाशका अलावा प्रबिन भट्ट, कुशुम शर्मा, रोश्नी कार्की, सुनिल बिक, विशाल घिमिरे लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ। भिडियोमा कथा र निर्देशन प्रकाशकै रहेको छ। भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका हुन्।