Sur Cinema

‘अगस्त्य’को दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

काठमाडौं : सिनेमा ‘द अन ब्रेकेबल अगस्त्य : च्याप्टर १’को फस्टलुक रिलिज गरिएको छ । यसका अभिनेता सौगात मल्ललाई ‘सौर्य’को रूपमा परिचय गराउने दुई वटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरिएको छ । सिनेमा आगामी फागुन १८ गतेबाट रिलिज हुने जनाइएको छ ।

डार्क हर्ष इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार सिनेमामा प्रकाश मल्ल, अनीश तामाङ र विनोद पौडेल निर्माता रहेका छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

यस सिनेमामा सौगातको अलावा नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।