काठमाडौं : सिनेमा ‘हात्तीछाप’को पहिलो रोमान्टिक गीत ‘मायालु’ सार्वजनिक गरिएको छ । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेम दर्शाइएको छ । उनीहरुको केमेस्ट्री गज्जब देखिन्छ ।
सार्वजनिक गीतमा प्रताप दास र ममता गुरुङको स्वर, हर्क साउदको शब्द रचना तथा उज्ज्वल सागरको संगीत रहेको छ । सिमोस सुनुवारद्वारा निर्देशित सिनेमामा दयाहाङ र उपासनाका अलवा सौगात मल्ल, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, कमलमणी नेपाल, कविता आले, विल्सन विक्रम राई, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला, विनोद न्यौपाने लगायतको पनि अभिनय छ ।
सुशन प्रजापतिको छायांकन रहेको सिनेमामा प्रदीप भारद्वाजको लेखन रहेको छ । सिनेमामा रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र देव महर्जनको द्वन्द्व निर्देशन छ । किरण नेपालीको प्रस्तुति रहेको सिनेमामा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रुपमा छन् । माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।















