काठमाडौं : गायक बलराम परियारको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। मंगलबार ‘मानव’ बोलको गीत रिलिज गरिएको हो। गीतमा बलरामको सुमधुर आवाज सुन्न सकिन्छ।
त्यस्तै, गीतमा कर्ण गुरुङको शब्द र सिडी बिजय अधिकारीको संगीत रहेको छ। गीत निकै मर्मस्पर्शी छ। भिडियो झन् अब्बल बनेको छ।
भिडियोमा कलाकार सुरबिर पण्डित, रश्मि भट्ट, दिपेन्द्रराज गिरी, बलराम परियार लगायतका कलाकारहरुको जीवन्त अभिनय रहेको छ। प्रहिल कार्कीले भिडियो निर्देशन गरेका हुन्। उत्तम हुमागाईँले खिचेको भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका छन्।


















