Sur Cinema

सिनेमा ‘गाउँ नै रमाइलो’ बन्ने, मुख्य कलाकारमा दया र आर्यन अनुबन्धित

काठमाडौं : दिनेश राउतको निर्देशनमा नयाँ सिनेमा निर्माण हुनेभएको छ। सिनेमा ‘गाउँ नै रमाइलो’ निर्माण हुन लागेको वितरक रोहित कट्टेलले फेसवुक मार्फत बुधबार जानकारी दिएका हुन्।

सिनेमामा विकास सुवेदीको कथा रहनेछ। हिमाल कडरिया सिनेमाको निर्माताको रुपमा रहेका छन्। निर्माण टिमले हाल मुख्य कलाकारको रुपमा अभिनेता दयाहाङ राई र आर्यन सिग्देललाई अनुबन्धित गराएको जानकारी दिएको छ।

मौलिक कथामा निर्माण हुने सिनेमालाई नेपालला आरआर फिल्मसले वितरण गर्नेछ भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा चाहिँ एमएमएस इन्टरटेन्मेन्टले लिएको छ। निर्माण टिमले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिसकेको छ। अब सिनेमा आगामी वर्षको दशैँमा रिलिज हुनेछ। बाँकी कलाकारहरु र अन्य जानकारी पछि दिइने निर्माण टिमले जनाएको छ।