Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘खेल’ सिरिजको गणेश मन्दिरमा शुभ मुहूर्त : मुख्य भुमिकामा सुरक्षा

काठमाडौं : अनुराग प्रधानको निर्देशनमा रहने नेपाली सिरिज ‘खेल’को सोमबार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गरिएको छ ।

बलिउडका दर्जन बढी सिनेमामा सह-निर्देशन गरेका प्रधानले निर्देशन गर्ने  यस सिरिजमा अभिनेत्री सुरक्षा पन्तले प्रमुख अभिनय गर्दैछिन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली लगायतको अभिनय रहनेछ । सिरिज काठमाडौँ भित्र करिब एक महिना छायांकन हुनेछ ।

पौराणिक र अध्यात्ममा आधारित यो सिरिजमा चार जना साथीहरूको कथा रहनेछ । संसारभर बोलीचालीमा जुनसुकै भाषा प्रयोग हुने भएता पनि सिनेमाको कुनै भाषा नहुने भएकोले ‘खेल’लाई विश्वका सबैले हेर्न सक्ने प्रधानले बताए ।

सिरुपाते कट्स प्रालिले निर्माण गर्ने यस सिरिजका निर्माताहरू आशिष राज महर्जन र  लेविस राज महर्जन हुन् भने सह निर्माता कुनाल गुरुङ हुन् । निर्माता आशिषको कथामा निर्देशक प्रधानले पटकथा लेखेका छन् । यसका सिनेमाटोग्राफर रोशन राई हुन् । सिरिजमा एलेक्स बसुकलाको कस्ट्युम डिजाइन, किशोर नेपालको कला निर्देशन, आस्था श्रेष्ठको सह निर्देशन रहनेछ भने यम प्रसाद ओली प्रोडक्सन विभाग प्रमुख हुन् ।