Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘पूजार सार्की’ : आर्यनको जोडी अन्जना हुँदा प्रदीपको जोडी परीक्षा

काठमाडौं : दिनेश राउतको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘पूजार सार्की’मा मुख्य अभिनेत्रीको रुपमा दुई अभिनेत्री अनुबन्धित भएका छन्। सोमबार निर्माण टिमले मुख्य अभिनेत्रीको रुपमा अन्जना बराइली र परीक्षा लिम्बूलाई अनुबन्धित गरेको हो।

योसँगै ‘पूजार सार्की’मा कलाकारहरुको लाइनअप पूरा भएको छ। यस् अघि सिनेमामा अभिनेताको रुपमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह लगायतका कलाकारहरु अनुबन्धित भइसकेका छन्।

अब सिनेमामा आर्यनको जोडीको रुपमा अन्जना र प्रदीपको जोडीको रुपमा परिक्षालाई देख्न सकिने निर्माण टिमले जनाएको छ। माघको पहिलो हप्ताबाट छायांकनमा जाने सिनेमाको कथा विकाश सुवेदीले लेखेका हुन्। सिनेमालाई सुभाष भुसालले निर्माण गर्दैछन्।

मल्टिस्टारर सिनेमा भएर पनि होला यो सिनेमालाई विशेष चासोका साथ लिइएको छ। अब स्टारहरुको काम एकैफ्रेममा कस्तो देखिने हो त्यो चाहिँ केही समय कुर्नैपर्छ।