Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘मनसरा’को फर्स्टलुक : ग्रामीण परिवेशकी महिलाको लुक्समा मिरुना

काठमाडौं : नेपाली सिनेमा उद्योगमा अर्गानिक कथा लेख्न माहिर लेखक हुन् उपेन्द्र सुब्बा। लेखक हुँदै सिनेमा ‘जारी’बाट निर्देशनमा डेव्यू गरेका उपेन्द्रले फ़ेरि नयाँ सिनेमा निर्देशन गर्दैछन्।

उपेन्द्रले नयाँ सिनेमा ‘मनसरा’ निर्देशन गर्न लागेका हुन्। जुन सिनेमाको शुक्रबार फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। पोस्टरमा अभिनेत्री मिरुना मगरलाई देख्न सकिन्छ। पोस्टरमा एक ग्रामीण परिवेशकी महिलाको लुक्समा मिरुना प्रस्तुत भएकी छिन्।

हातमा झोला बोकेर हतासमा कतै जान लागेको मिरुनालाई पोस्टरमा देख्न सकिन्छ। पोस्टर हेर्दा सिनेमा निकै मौलिक कथामा निर्माण हुने आँकलन गर्न सकिन्छ। सिनेमामा उपेन्द्रकै कथा रहनेछ।

मिरुनाको जोडी चाहिँ अभिनेता दयाहाङ राई हुने बताइएको छ। बुझिए अनुसार सिनेमाको केही छायांकन भइसकेको छ। बाँकी छायांकन चाहिँ निर्माण टिमले अगाडि बढाउने प्रक्रियामा रहेको छ। सिनेमा आगामी वैशाख २१ गतेदेखि प्रदर्शनमा आउनेछ।