Sur Cinema

बहिनीलाई अन्माउँदा भावुक बने पल

काठमाडौं : नायक पल शाहकी बहिनी रोश्नी राज्य लक्ष्मी शाह वैवाहिक बन्धनमा बाँधिएकी छिन्। अनमोल नाग गरेका युवकसँग रोश्नीले बिहीबार लगनगाँठो कसेकी हुन्।

बुधबार मेहेन्दी-हल्दी गरेकी रोश्नीले राजधानीको एक होटलमा बिहीबार भने विवाह गरेकी हुन्। उनको विवाहमा सिनेमा क्षेत्रका अधिकांश चर्चित कलाकारहरु पुगेका थिए। दिनभरजसो आगन्तुक जन्तिहरुसँग रमाएका पल अचानक साँझ पर्नैलाग्दा निकै भावुक बने।

आजसम्म एउटै परिवारमा हुर्किएका पलले बहिनीलाई पराई घरमा अन्माउँदा निकै भावुक बनेका हुन्। बहिनीलाई बोकेर बेहुलाको गाडीसम्म पुर्‍याउँदा पलका आँखा आँशुले टिलपिल भएका थिए। जब बहिनी रोइन्, तब पल पनि रोएका थिए।
पल भन्दा धेरै त उनका बुवा आमा रोएका थिए। एकछिन माहोल नै भावुक बनेको थियो।