Sur Cinema

‘पूजार सार्की’को लागि तयार आर्यन, प्रदीप र पल एकै फ्रेममा

काठमाडौं : एक समय थियो राजेश हमाल, निखिल उप्रेती, बिराज भट्ट जस्ता स्टारहरु मिलेर एकै सिनेमामा मिलेर काम गर्थे। जुन सिनेमाहरु दर्शकले रुचाउँथे पनि। बिस्तारै दयाहाङ राई, सौगात मल्ल, बिपीन कार्की जस्ता स्टारहरुले पनि एकै फ्रेममा काम गरे। जसको नतिजा सिनेमा उद्योगमा राम्रै निस्कियो।

जब नयाँ स्टारहरुको सिनेमा उद्योगमा आगमन भयो एक्लाएक्लै काम गर्न थाले। एक्लै बाहेक अन्य स्टारहरुसँग मिलेर काम गर्न खासै राजी भएनन् नयाँ नायकहरु। तर यतिबेला भने नयाँ नायकहरु एकैसाथ काम गर्ने खबरले सिनेमा उद्योग चर्चामा छ।

दिनेश राउतले निर्देशन गर्न लागेको सिनेमा ‘पूजार सार्की’मा नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकैपटक देखिँदैछन्। अझ भनौं, यि ३ स्टारहरुले एकै फ्रेममा काम गर्दैछन्। हाल यो सिनेमाको निर्माण तयारी व्यापक भइरहेको छ।

बुधबार मात्रै आर्यन, प्रदीप र पलले एकअर्कालाई भेटे। सिनेमाको बारेमा छलफल गरे। अनि ३ जनाल एकै फ्रेममा देखिएर तस्वीर समेत खिचाए। जुन तस्वीरहरु पलले आफ्नो फेसबुकमा सार्वजनिक गरेका छन्। जहाँ आर्यन, प्रदीप र पल खुशी मुडमा देखिएका छन्। यि ३ जनाका अलावा निर्देशक राउत र निर्माता सुभाष भुसाल पनि साथमै छन्।

यसरी नयाँ स्टारहरु मिलेर काम गर्ने हो भने थप नयाँ स्वाद दर्शकहरुले अवश्य चाख्न पाउँछन्। माघको पहिलो हप्ताबाट सिनेमाको छायांकन आरम्भ गरिने निर्माण टिमले जनाएको छ। सिनेमामा विकाश सुवेदीको कथा रहनेछ। नायिकाको भने अझै टुंगो लाहेको छैन।