Sur Cinema

कविताको लागि ‘यूकेको लाहुरे’ बने पल

काठमाडौं : सिनेमा ‘मायावी’को छायांकन सकेपछि अभिनेता पल शाह म्युजिक भिडियोमा फर्किसकेका छन्। म्युजिक भिडियो हुँदै सिनेमा उद्योगमा छिरेका पल म्युजिक भिडियोलाई असाध्यै माया गर्छन्। त्यसैले पनि होला सिनेमा बाहेक पलले आफ्नो समय म्युजिक भिडियोमा बिताउँछन्।

हालैमात्र उनले एउटा नयाँ म्युजिक भिडियोमा काम गरिसकेका छन्। मोडल तथा डान्सर कविता नेपालीसँग जोडी बाँध्दै ‘यूकेको लाहुरे’ बोलको म्युजिक भिडियोमा पलले काम गरेका छन्। जहाँ कविताको यूके लाहुरे बनेका पल। छायांकन सकिएर पोस्टप्रोडक्सनमा काम यतिबेला यो म्युजिक भिडियोको भइरहेको छ।

सिनेमामै व्यस्त बनेपछि पलका नयाँ म्युजिक भिडियो रिलिज भएका थिएनन्। तसर्थ पनि दर्शकले नयाँ म्युजिक भिडियो पर्खेर बसेका छन्। म्युजिक भिडियोमा समावेश गीत युवराज मगरले निर्माण गरेका हुन्।

गीतमा युवराजको आवाज सुन्न सकिनेछ। चाँडै रिलिजको तयारीमा रहेको उक्त गीतमा गायिकाको आवाज पनि रहेको छ।तर युवराजले गायिकाको नाम भने यतिबेला सार्वजनिक गरेका छैनन्।