Sur Cinema

सिनेमा ‘दु:खी आत्मा’ बन्ने, दयाहाङ भए अनुबन्धित

काठमाडौं : दिपेन्द्र लामाले नयाँ सिनेमा निर्देशन गर्ने भएका छन्। उनको निर्देशनमा सिनेमा ‘दु:खी आत्मा’ बन्ने पक्का भएको हो। निर्देशक लामाले बुधबार फेसबुकमा स्टाटास लेख्दै आफ्नो निर्देशनको छैटौं सिनेमा ‘दु:खी आत्मा’को निर्माण घोषणा गरेका हुन्।

यो सिनेमामा दिपेन्द्रकै कथा रहनेछ। अहिले मुख्य कलाकारमा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। सिनेमालाई हिमाल कडरियाले निर्माण गर्दैछन्।

क्लकवर्क क्रियसन्स प्रालिको व्यानरमा यो सिनेमा निर्माण हुनेछ। सिनेमाको बारेमा बाँकी जानकारी पछि दिने बताइएको छ।