Sur Cinema

‘परदेशी २’को टिम चाँगुनारायणमा जारी महायज्ञमा (फोटो फिचर)

काठमाडौं : नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’ अब प्रदर्शनको मुखैमा । आगामी शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शन हुँदैछ। अब प्रदर्शन हुनको लागि करिब एक हप्ता मात्र बाँकी छ। त्यसैले पनि सिनेमा टिमले प्रचारप्रसारलाई झन् जोड दिएको छ।

मोफसलका दर्शकसँग साक्षातकार गरेर राजधानी फर्केको ‘परदेशी २’ टिमले यतिबेला काठमाडौंमा प्रचारप्रसारलाई तिव्रता दिइरहेको छ। यसैबीच, प्रचारप्रसारकै क्रममा सिनेमा टिम शनिबार मात्रै एक महायज्ञमा सहभागी बन्यो।

भक्तपुरको चाँगुनारायण स्थित ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर सिनेमा टिमले भक्तजनसँग शनिबार साक्षात्कार गरेको हो। सिनेमाका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीलाई उक्त महायज्ञमा निकै स्वागत र सम्मान गरियो। कलाकार टिमलाई भेट्न पाउँदा भक्तजनहरु निकै खुशी भएका थिए।

महायज्ञमा ‘परदेशी २’ टिमलाई गरिएको भव्य सम्मानका केही दृश्यहरु :-