Sur Cinema

पल र दीपिकाको अभिनय रहने ‘मायावी’को छायांकन सुरु

काठमाडौं : यतिबेला निर्देशक दिवाकर भट्टराईले आफ्नो नयाँ सिनेमा ‘मायावी’को छायांकनलाई अघि बढाएका छन्। भट्टराईले निर्देशन गर्न लागेको यो सिनेमाको केही दिन अघि मुस्ताङबाट छायांकन सुरु गरिएको हो।

करिब ३५ दिनसम्म छायांकन गरिने यो सिनेमामा अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईंको मुख्य भुमिका रहनेछ। मुस्ताङको नीलगिरि हिमाल क्षेत्र र पोखराको रमणीय स्थल लगायतका स्थानहरूमा सिनेमाको छायांकन गरिने बताइएको छ।

सिनेमामा पोखराकै परिवेश रहेको कथा रहेको बताइएको छ। पल र दीपिकाका अलावा सुशील सिटौला, मोडल समिम खान र अर्की मुख्य अभिनेत्रीमा करिश्मा श्रेष्ठको प्रमुख भुमिका रहने छ । यस्तै सिनेनामा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायत अन्य कलाकारहरुको पनि अभिनय रहने छ ।