Sur Cinema

सिनेमा ‘ह्याप्पी डिभोर्स’ बन्ने, नायिकामा केकी र रिमा

काठमाडौं : नयाँ सिनेमा ‘ह्याप्पी डिभोर्स’ बन्ने भएको छ। विमलेश अधिकारीले निर्देशन गर्न लागेको नयाँ सिनेमा ‘ह्याप्पी डिभोर्स’को औपचारिक घोषणा गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्देशक अधिकारीले औपचारिक जानकारी दिएका हुन्।

घोषणा कार्यक्रममा निर्देशक अधिकारीका अलावा अभिनेत्री केकी अधिकारी र रिमा विश्वकर्माको पनि उपस्थिति रहेको थियो। लामो समय मोडलिङमा समय बिताएका अधिकारीले यही सिनेमा मार्फत निर्देशनमा डेव्यू गर्न लागेका हुन्।

केकी र रिमा सिनेमाको मुख्य कलाकारमा अनुबन्धित भइसकेका छन्। सिनेमाको कथावस्तुले छोएकोले सिनेमामा काम गर्न राजी भएको केकीको भनाइ रहेको छ। सिनेमामा बिमलेशकै कथा रहने बताइएको छ। सिनेमामा बिमलेश पनि मुख्य भुमिकामा रहनेछन्।