Sur Cinema

संगमको कमब्याक

कुमार बिनोद पौड्याल
काठमाडौं ।  केही दिन अघि श्री कृष्ण जन्माष्टमीको अवसर पारेर गम्भीर विष्ट द्वारा निर्देशित अनि हरी बहादुर राउत तथा कोपिला तामाङ द्वारा स्वरबद्ध भजन शैलीको ” नरोउ राधा सम्झेर मलाई” नामक म्युजिक भिडियो रिलिज भयो । उक्त म्यूजिक भिडियोका प्रमुख कलाकारहरुमा श्री कृष्णको भूमिकामा अभिषेक श्रेष्ठ तथा राधाको भूमिकामा संगम विष्टले अभिनय गरेका थिए ।
बाल्यकाल देखिन नै अभिनयमा व्यस्त रहेकी संगम विष्टले करिब साढे दुई वर्षको उमेरमा नै पहिलो पटक कान्तिपुर टिभि द्वारा प्रसारित कार्यक्रम ” राउण्ड द वर्ल्ड ” मा अभिनय गरेकी थिइन भने साढे तीन वर्षको उमेरमा नै टेलिश्रृंखला ” उपकार ”  मा अभिनय गरेकी थिइन। त्यस्तै करिब पाँच वर्षको उमेरमा कुन्ती मोक्तानको गीत ” आमाले माया गरी किनीदिएको”  मा  यिनीले उत्कृष्ट अभिनय पस्केकी थिइन।

साढे चार वर्षको उमेरमा नेशनल डान्स कम्पिटिसन जितेकी सँगमले केहि चलचित्रहरूमा बालकलाकारको रुपमा अभिनय पनि  गरेकी छिन् जसमध्ये श्रीमान, बरदान, अपहरण, जय शिव शंकर तथा आफ्नै होम प्रोडक्सनबाट बनेको चलचित्र ” लभ यु बाबा ” प्रमुख रहेका छन्। आफ्नो उत्कृष्ट अभिनयको माध्यमबाट प्रशस्त अवार्ड पनि हात पार्न सफल  भएकी संगमले   चलचित्र श्रीमानबाट डि सिने अवार्ड र लभ यु बाबा बाट नेफ्टा अवार्ड, इनास अवार्ड, डि सिने अवार्ड  र नेशनल अवार्ड  पाउन सफल भइन्।

यति धेरै बहुमुखी प्रतिभाकी धनी संगम , नायक गजित विष्टकि छोरी , कोरियोग्राफर तथा निर्देशक गम्भीर बिष्टको भतिजी तथा  संसारमै सबैभन्दा सानो उमेरमा चलचित्र निर्देशन गरेर गिनिज बुकमा आफ्नो नाम लेखाएका सौगात विष्टको  दिदी हुन। 

आफ्नो पढाइलाई प्राथमिकतामा राखेर  बीचमा केही समय  अभिनयबाट विश्राम लिएकी  संगमले  यो म्यूजिक भिडीयो मार्फत  आफ्नो दमदार कमब्याक गरेको छिन्।