Sur Cinema

मिथिला शर्माको समभावना

काठमाडौं ।  पछिल्लो समय गिजोलिएको  सिनेमा  “एक भगवत् गीता” अन्ततोगत्वा नयाँ नामकरण सङ्गै सहमतीमा टुङ्गिएको छ। “एक भगवत् र एक गीता” ( सामाजिक कथा) मा टुङ्गिएको बिबाद सङ्गै बिकास बोर्ड ले जाचपास  समिती ( सेन्सर बोर्ड ) का लागि सिफारिस प्रक्रिया अगाडि बढाएको छ।

बिबाद टुङ्गिए पनि सिनेकर्मिका असन्तुष्टिहरु सामाजिक संजालमा पोखिन छोडेका छैनन् । भगवत् गीता ले जुन झन्झट बेहोर्नु पर्यो आउने दिन  का लागि सहज बन्यो कि कठिन त्यो भोलिका दिन मै देखिएला ।

बिबाद टुङ्गिनु अघि गत शनिवार मध्यरात यस्की निर्देशक झरना थापा को सामाजिक सन्जालमा आएको  पोष्ट ले धेरै को  ध्यान खिच्यो। सामाजिक संजालमा असरल्ल छरिएका निर्देशकका भावुक भावनाहरुले पाका कलाकार मिथिला शर्मालाई धरी तरङ्गित बनायो अनि  झक्झकायो। शनिवार मध्यराती पोष्ट गरेको झरना को भावनालाइ मिथिला शर्मा यसरी समभाव राख्नु हुन्छ ।

“कर्मयोगीहरुलाई कर्म गेरर बाँच्न देउ! नचाहिदो बखेडा निकालेर न सताउ ।” शर्मा अगाडि लेख्नुहुन्छ “संघ र संस्थााहरु भनेको चलचित्रकर्मिका सहयोगीहरु  होलान भनेर खोलीने अनि बनाईने हो । यो कुराको हेक्का सबैले राख्नु पर्यो नत्र तिनको के आवश्यक्ता  ? सहजीकरण र सहयोगी बन्नु पर्यो । यसरी सताउने, र निरास बनाउने हैन।”

कला – साहित्य, अभिनय, नृत्य हरेक बिधामा सक्रिय शर्मा लाइ सबैले कलाकारिता कि संस्थापिका मध्य मान्दै आएका छन ।