Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

गौतमको निर्देशनमा ‘नाबालिका’ सार्वजनिक

काठमाडौँ
अर्जून गौतमको निर्देशन रहेको लोक गीत ‘नाबालिका’ सार्वजनिक भएको छ । उक्त गीत गत शुक्रबार नवसृष्टि ईन्टरटेनमेन्ट युट्युवबाट सार्वजनिक भएको हो ।

गायक मिनप्रकाश ओली र गायिका बबिना किरातीको स्वर रहेको गीतमा मिनप्रकाश स्वयंले शब्द सङ्गीत दिएका छन् भने एरेन्जमा राज सोनम रहेका छन् । भिडियोमा बिना राउत, बाबुराम सुनार, मन्दिरा थापा र रामप्रसाद महर्जनको अभिनय रहेको छ ।

देव दोर्जेको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको छाँयांकन बासु न्यौपानेले गरेका हुन भने सम्पादन गौतमराज खड्काले गरेका हुन् ।