Sur Cinema

माधव भण्डारीको “मायाको खोजीमा” सार्वजनिक

काठमाडौं
माधव भण्डारी र देवी घर्तीको स्वर रहेको लोकगीत ‘मायाको खोजीमा’ सार्वजनिक भएको छ । 

बलबहादुर जैरुको संगीत तथा माधवकै शब्द र एरेञ्ज रहेको गीतमा कुमार रानाको मिक्सिङ रहेको छ ।

शिव विकको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा सुन्दर खवास, अनु पराजुली र जुनु कार्कीलाई फिचरिङ गरिएको छ । रंक कौशलको छायांकन रहेको भिडियोमा अनिल कटुवालको ड्रोन र पदम सुवेदीको सम्पादन छ ।