Sur Cinema

“जय हो” को टिजर सार्वजनिक

काठमाडौं 
शोभित बस्नेत प्रस्तुतकर्ता रहको सिनेमा ‘जय हो’को टिजर सार्वजनिक गरिएको छ । आगामी भाद्र ८ अर्थात अगष्ट २५ बाट प्रदर्शनमा आउने सिनेमाको टिजर मा लगभग सबै कलाकार समेट्ने प्रयास गरिएको देखिन्छ ।

टेक पौरखी राईको निर्देशन रहेको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको छ ।  सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

मुस्ताङमा धेरै भाग खिचिएको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको सिनेमाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमालाई जिजिए ग्रुपले वितरण गर्दैछ ।