Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

राज र जेसिकाको स्वरमा ‘पछ्यौरीको फर्को’

काठमाडौं
राज केसी र जेसिका केसीको स्वरमा ‘पछ्यौरीको फर्को’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सनिश परियारको शब्द, संगीतमा तयार गीत रमेश सुवेलीले कम्पोज गरेका हुन् । गीतलाई अर्जुन थापाले एरेञ्ज, मन बहादुर बरालले मिक्सिङ गरेका छन् ।
फोटोग्राफर कुवेर तामाङको निर्देशनमा बनेको म्युजिक भिडियोमा ह्यारी महर्जन र दिपशन डंगोलको छायांकन रहेको छ। भिडियोलाई संजय अधिकारीले सम्पादन गरेका छन् । मोडल संजित भण्डारीको अभिनय रहेको भिडियोमा मोडल कंचन र प्रार्थनाले साथ दिएका छन् । भिजन नेपाल फिल्मसमा पोष्ट प्रडक्सन गरिएको हो ।