Sur Cinema

पारिवारिक प्रेम र पिडा ‘डेसान’ टिजर

काठमाडौं
मंसिर २३ देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘डेसान’ को आज राजधानीमा एक कार्यक्रम गरि टिजर सार्बजनिक गरिएको छ। सिनेमा ‘डेसान’ लाई कमल एक्चाइ मगरले निर्देशन गरेका हुन् भने उक्त सिनेमाको टिजरमा पारिवारिक प्रेम र पिडालाई प्रस्तुत गरिएको छ ।

सिनेमामा नम्रता सापकोटा, भोलाराज सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले लगायत कलाकारहरुको अभिनय रहेको छ । कृष्णलाल मगर कार्यकारी निर्माता रहेको सिनेमालाई चक्र बहादुर मगरले खिचेका हुन् ।