Sur Cinema

६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने

काठमाडौं : सिनेमा ‘गौँथली’ निर्माण टिमले ६० वर्षमाथिका नागरिकलाई निःशुल्क सिनेमा हेर्ने अफर ल्याएको छ। भदौ १० देखि २१ गतेसम्म लागू हुने योजनाअन्तर्गत ज्येष्ठ नागरिकले खल्ती एपमार्फत टिकट काटेपछि रकम फिर्ता पाउनेछन्।

रकम फिर्ताका लागि खल्तीबाट गरिएको टिकट खरिदको ट्रान्जेक्सन स्क्रिनसट, नागरिकताको प्रतिलिपि र ‘गौँथली’को पोस्टर पृष्ठभूमिमा देखिने गरी खिचिएको फोटो पेस गर्नुपर्ने निर्देशक डा. कपिल रिजालले जानकारी दिए। टिकटको कुल रकम सम्बन्धित प्रयोगकर्ताको खल्ती वालेटमा फिर्ता गरिनेछ।

निर्माणपक्षका अनुसार अभियानका लागि खल्तीमा अग्रिम १ लाख रुपैयाँ जम्मा गरिएको छ। उक्त रकम सकिएसम्म वा अभियान अवधि समाप्त नहुँदासम्म, जुन पहिले हुन्छ, त्यहीअनुसार रकम फिर्ता गरिनेछ।

अरूण क्षेत्री र सिम्रन खड्काको मुख्य भूमिका रहेको ‘गौँथली’ले हालसम्म २५ करोड २२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षको दाबी छ। कपिल रिजाल र सुमन गिरी निर्माता रहेको सिनेमामा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ।