Sur Cinema

‘साम्राज्य’मा अञ्जना

काठमाडौं : निर्देशक सौरभ चौधरीको आगामी सिनेमा‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन् । सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बरालपछि अञ्जना सिनेमामा जोडिएकी हुन् ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने सिनेमालाई ‘एपिक एक्सन ड्रामा’का रूपमा निर्माण गरिँदैछ । सिनेमाको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका हुन् ।

निर्माण टिमले आगामी साताबाट छायांकन सुरु गर्ने तयारी गरेको छ । ७० दिनको छायांकन तालिकामध्ये अधिकांश दृश्य पूर्वी नेपालमा खिचिनेछन् । निर्देशक चौधरीले यसपटक ठूलो क्यानभासमा नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन सिनेमा बनाउने तयारी गरेका छन् ।

सिनेमामा प्रवेश चौधरी र निला देव निर्माता, विश्वास बस्नेत (बेन) सह–निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् । मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशक रहनेछन् ।

ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर तथा डिसीएन वितरक रहेको सिनेमाको स्टारकास्ट अझै विस्तार हुने निर्माण पक्षले जनाएको छ।