Sur Cinema

‘युग’को वर्कसप सम्पन्न, भदौ दोस्रो सातादेखि छायांकन

काठमाडौं : हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको सिनेमा ‘युग’को वर्कसप सम्पन्न भएको छ। निर्देशक कोमलनाथ खतिवडाका अनुसार सिनेमाको छायांकन भदौको दोस्रो सातादेखि सुरु हुनेछ।

सामाजिक विषयवस्तुमा आधारित सिनेमाको कथा, पटकथा तथा संवाद खतिवडाकै रहेको छ। सुरेश तुमाहाम्फे र टेमनबहादुर आलेले निर्माण गर्ने सिनेमामा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना र सुमन थापालगायत कलाकारको अभिनय रहनेछ।

‘युग’बाट चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले नेपाली सिनेमामा डेब्यु गर्दैछिन्। त्यस्तै, मोडल तथा मिस्टर हेन्डसम नेपाल २०१९ का विजेता अभिषेक खड्काले पनि यही सिनेमाबाट अभिनय यात्रा सुरु गर्दैछन्।

वर्कसपमार्फत कलाकारहरूको तयारीलाई अन्तिम रूप दिइएको निर्माण टिमले जनाएको छ।