Sur Cinema

‘आशा’को घोषणा: परिवारको कथा लिएर आउँदै अन्जना र महेश

काठमाडौं: उडान स्टुडियोको ब्यानरमा निर्माण हुने नेपाली सिनेमा ‘आशा’को औपचारिक घोषणा गरिएको छ। शर्मिला थापाको लगानीमा बन्ने सिनेमाको निर्देशन तथा कथा राजिव गुरुङले गर्नेछन्।

सिनेमामा महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मीको अभिनय रहनेछ।

निर्मात्री शर्मिला थापाका अनुसार ‘आशा’ परिवारको महत्व र सम्बन्धको भावनात्मक पक्षलाई प्रस्तुत गर्ने पारिवारिक सिनेमा हो। निर्देशक राजिव गुरुङले मनोरञ्जनसँगै सशक्त सन्देश दिने उद्देश्यका साथ सिनेमा निर्माण गर्न लागिएको बताए।

घोषणा कार्यक्रममा अग्रज प्राविधिक कमल मिश्रलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। सिनेमाको छायांकन र प्रदर्शनबारे विस्तृत जानकारी भने पछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।