काठमाडौं : आगामी हरितालिका तीजको अवसर पारेर सिनेमा ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। काठमाडौंमा एक कार्यक्रम गर्दै पोस्टर सार्वजनिक गरेर रिलिज मिति घोषणा गरिएको हो ।

पोस्टरमा अभिनेता पारस बम ठकुरी हतकडीसहित र अभिनेत्री दिव्या रायमाझी बेहुलीको पहिरनमा देखिएकी छन्, जसले गहिरो प्रेम र सामाजिक द्वन्द्वको संकेत गर्छ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको कथामा बनेको सिनेमामा सुशान्त कार्कीसहित अन्य कलाकारहरूको पनि प्रमुख अभिनय रहेको छ।















