Sur Cinema

विशेष प्रदर्शनमा ‘कुम्भ’लाई सकारात्मक प्रतिक्रिया

काठमाडौं : रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कुम्भ’ यतिबेला देशभर प्रदर्शनरत छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमाले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

काठमाडौंको रञ्जना सिनेप्लेक्समा आयोजित विशेष प्रदर्शनपछि कलाकार, सिनेकर्मी तथा सञ्चारकर्मीहरूले सिनेमाको मनोरञ्जनात्मक प्रस्तुति, एक्सन र प्रेमकथाको संयोजनको प्रशंसा गरेका छन्।

ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’मा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, अफ्सना थापा, सृष्टि खड्का तथा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको अभिनय रहेको छ।

निर्देशक श्रेष्ठको पहिलो निर्देशकीय सिनेमा ‘कुम्भ’ले एक्सन, प्रेम, पारिवारिक सम्बन्ध र भावनात्मक कथावस्तुमार्फत नेपाली दर्शकमाझ फरक स्वाद प्रस्तुत गर्ने प्रयास गरेको छ।