Sur Cinema

‘काजी’को टिकट बुकिङ खुल्ला

काठमाडौं : जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘काजी’को टिकट बुकिङ बुधबारदेखि खुलेको छ। क्युसएफएक्स, आइएनआई, वान सिनेमाज र बिग मुभिजसहित विभिन्न हलहरूले देशभर सिनेमाका शो सार्वजनिक गरेका छन्। हालसम्म सिनेमाले करिब ६० शो पाइसकेको छ भने अन्य हलहरूले पनि क्रमशः शो खुलाउने तयारी गरेका छन्।

‘काजी’का निर्देशक लक्ष्मण रिजाल हुन्। सिनेमामा विपीन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन्। प्रेमकथामा आधारित सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरेलगायत कलाकारको पनि अभिनय रहेको छ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बनेको सिनेमाका निर्माता नेहान रिजाल र विकासराज जोशी हुन् भने कथा प्रदीप भारद्वाजले लेखेका हुन्। सिनेमालाई श्रीराम बालाजी फिल्म्सले नेपालभर वितरण गर्दैछ।