Sur Cinema

 ‘मालती मङ्गले’ अमेरिका र क्यानडामा पनि रिलिज हुँदै

काठमाडौं : नेपालमा दर्शकको अपार माया बटुलिरहेको सिनेमा ‘मालती मङ्गले’ अब उत्तर अमेरिकामा पनि प्रदर्शन हुने भएको छ। सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा सिनेमा मे १५ देखि अमेरिकाका सान फ्रान्सिस्को, ड्यालस, सिकागो, क्लिभल्याण्ड, सिनसिनाटी, कोलम्बस र अस्टिनलगायत सहरमा दैनिक शोसहित प्रदर्शन हुँदैछ। अङ्ग्रेजी सबटाइटलसहित रिलिज हुने सिनेमाको क्यानडा प्रदर्शन अधिकार पनि बिक्री भइसकेको छ।

नेपालमा पहिलो सातादेखि नै सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ पाएको सिनेमालाई दर्शकले हास्य र भावनाले भरिएको उत्कृष्ट नेपाली सिनेमाको रूपमा प्रशंसा गरेका छन्। विशेष गरी वर्षा राउत, विजय बराल र मेक्सम गौडेलको अभिनयले दर्शकको मन जितेको छ।

प्रकु पाण्डेयको निर्देशनमा बनेको सिनेमा रानी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। सिनेमामा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायत कलाकारको अभिनय रहेको छ।