काठमाडौं : सिनेमा ‘रोल नं १’को टाइटल गीत सार्वजनिक गरिएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यस गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ।
गीतले नेपाली शिक्षा प्रणालीमा रहेको ‘र्याङ्किङ’को दबाब र त्यसले बालबालिकामा पार्ने असरलाई उठाएको छ। ग्रामीण भेगका एक बालकको कथामार्फत घोकन्ते शिक्षा, पहिलो हुनेलाई मात्र प्राथमिकता दिने सोच र बालमनोविज्ञानमाथि प्रभावलाई प्रस्तुत गरिएको छ।
जोन योञ्जनको निर्देशनमा बनेको सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। ‘हरेक विद्यार्थीको कथा’ भन्ने स्लोगनसहित यो सिनेमा जेठ १५ गतेबाट प्रदर्शनमा आउनेछ।

















