Sur Cinema

स्वस्तिमा खड्का भन्छिन् , ‘मै राम्री छु त नी’ मेरो के को दोष ?

काठमाडौं : आगामी वैशाख १८ गते प्रदर्शनमा आउने ‘लालीबजार’को तेस्रो गीत ‘मै राम्री छु त नी’ को छोटो अंश सार्वजनिक गरिएको छ। षट्कोण आर्ट्स को युट्युबमार्फत सार्वजनिक गीतमा दीपिका बयम्बू मगरको स्वर, तथा प्रकाश सपूत को शब्द–संगीत रहेको छ।

गीतमा स्वस्तिमा खड्का लगायत कलाकारहरू देखिएका छन् र नारी सुन्दरताको चित्रण गरिएको छ। गीत अहिले टिकटक, फेसबुक रील्स र युट्युब शट्समा प्रयोग हुन थालेको छ भने पूर्ण संस्करण सिनेमासँगै हलमा हेर्न पाइनेछ।

यसअघि सार्वजनिक ट्रेलर र गीतहरूले पनि राम्रो प्रतिक्रिया पाएका छन्। आमाछोरीको संवेदनशील कथामा आधारित फिल्ममा आमाले छोरीको रक्षाका लागि गर्ने संघर्ष प्रस्तुत गरिएको छ। निर्देशक यम थापा को निर्देशनमा बनेको सिनेमामा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ लगायत कलाकारको अभिनय रहेको छ।