Sur Cinema

प्रशंसालाई आशिर्वाद !

काठमाडौं : कुमार कट्टेल र दीपकप्रसाद आचार्यको नयाँ सिनेमा ‘चिरञ्जीवी भवः’ मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन्।

यसअघि मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीले यही सिनेमाबाट डेब्यु गर्ने घोषणा भइसकेको छ। सामाजिक ड्रामामा आधारित सिनेमाले दुई पुस्ताबीचको सम्बन्ध र विचारको द्वन्द्व प्रस्तुत गर्नेछ।

दीपकप्रसाद आचार्यको निर्देशन रहने सिनेमाको कथा कुमार कट्टेलले लेखेका हुन् भने निर्माण उमेश कुमार बरालले गरेका छन्।