Sur Cinema

ट्रेनिङको पहिलो स्थानमा ‘राम नाम सत्य’को ट्रेलर

काठमाडौं : चैत्र २७ गतेबाट सोलो रिलिजमा आउने सिनेमा ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार राजधानीस्थित वान सिनेमाज हलमा कार्यक्रममा आयोजना गरि सार्वजनिक गरिएको हो । उक्त सिनेमाको ट्रेलर २४ घण्टा नपुग्दै ट्रेनिङको पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

सार्वजनिक ट्रेलरमा विराज भट्टको दमदार एक्सन, सुशील श्रेष्ठ र दिव्या रायमाझीको प्रेम कथा तथा सस्पेन्सपूर्ण दृश्यहरू देखाइएको छ। सिनेमामा आयुष सिंह ठकुरीको विशेष भूमिका रहेको छ भने यतिबेला ‘हुम्लाको सिमी’ गीत चर्चामा छ।

माइकल चन्दको कथा–निर्देशन रहेको यस सिनेमामा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ । निर्माण टिमले सिनेमामा एक्सनसँगै प्रेम, सस्पेन्स र पारिवारिक कथा समेटिएको बताउँदै दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्।