Sur Cinema

‘ल बसम’ राइड-सेयरिङको ब्रान्ड एम्बेसडरमा वर्षा

काठमाडौं : नेपाली युवाले सञ्चालनमा ल्याएको ‘ल बसम’ राइड-सेयरिङ सेवाको व्यवसायिक दूतमा अभिनेत्री वर्षा सिवाकोटी नियुक्त भएकी छन् । नेपाली युवाको पहल, सीप र स्वदेशी लगानीमा तयार गरिएको उक्त सेवा हालै सञ्चालनमा आएको थियो ।

सुरुमा संघीय राजधानी काठमाडौंबाट सेवा थालेको ‘ल बसम’ले निकट भविष्यमा अन्य सहरमा पनि सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । वर्षा पछिल्लो समयकी लोकप्रिय र डिमान्डेड अभिनेत्री हुन् । स्वदेशी राइड-सेयरिङ सेवासँग जोडिन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् ।

विदेशी राइड-सेयरिङ एपमार्फत ठूलो रकम विदेशिएको र स्वदेशी सेवा सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि रहेको कम्पनीका सञ्चालक विष्णुराज गिरीले बताए ।