Sur Cinema

हिन्दी भाषाको म्युजिक भिडियोमा गरिमा र रोशनको प्रेमिल अवतार

काठमाडौं : अभिनेत्री तथा मोडल गरिमा शर्मा फिचर्ड हिन्दी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ। झण्डै ५५ हजार अमेरिकी डलर (करिब ७५ लाख रुपैयाँ) लागतमा निर्माण गरिएको भिडियोको छायांकन अमेरिकाका विभिन्न आकर्षक लोकेशनमा गरिएको हो।

शनिबार काठमाडौंमा आयोजित भव्य समारोहबीच सार्वजनिक भिडियोमा गरिमासँग गायक तथा मोडल रोशन अधिकारी देखिएका छन्। भिडियोमा दुई युवा युवतीबीचको सुन्दर प्रेमकथा प्रस्तुत गरिएको छ, जहाँ गरिमा र रोशन प्रेमिल अवतारमा फिचर्ड छन्।

गीतको शब्द तथा संगीत रोशन अधिकारीकै रहेको छ। सुमन लामिछानेको कोरियोग्राफी, अमृत विश्वको छायांकन, विवेक सुनारको सम्पादन र मिलन विश्वकर्माको कलरिङ रहेको भिडियो शान थापाको कन्सेप्टमा सिद्धार्थ विश्वले निर्देशन गरेका हुन्।

नेपालबाट विशेष रूपमा अमेरिकामा छायांकनका लागि पुगेकी गरिमा शर्माले फरक अनुभव र उत्कृष्ट टिमवर्कका कारण राम्रो नतिजा आएको बताइन्। गायक तथा मोडल रोशन अधिकारीले पनि आगामी दिनमा संगीत र मनोरञ्जन क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।