काठमाडौं : गायक धुब्र बिक र गायिका मनिषा सुनारको स्वरमा रहेको गीत ‘मर्छु हजुर’को भिडियो सार्वजनिक भएको छ। बुधबार सुनिल दवाडी युट्युब च्यानलमार्फत रिलिज गरिएको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडी देख्न सकिन्छ।
एकअर्काप्रतिको गहिरो मायामा आधारित गीतको भिडियोको निर्देशन तथा कोरियोग्राफी बिक्रम चौहानले गरेका हुन्। गीतमा शब्द तथा संगीत ज्ञानेन्द्र गिरीको रहेको छ भने एरेन्ज, मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन्।















